एमाले मकवानपुर अधिवेशनको तयारी अन्तिम चरणमा

वाग्मती । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुरको जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । अधिवेशनको पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने जनाइएको छ ।

हेटौँडामा यही जेठ १८ र १९ गते हुने १२ औँ जिल्ला अधिवेशनको पार्टी अध्यक्ष ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले जानकारी दिए । एमाले मकवानपुरद्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले अधिवेशन भव्यतापूर्वक सम्पन्न गर्न विभिन्न तयारी समितिसमेत गठन गरिएको बताए ।

मकवानपुरका १० वटै पालिकाका प्रतिनिधि, परिवेक्ष तथा विभिन्न जनवर्गीय सङ्गठनबाट छानिएका सात सय ६९ प्रतिनिधि सहभागी हुने अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष श्रेष्ठको भनाइ छ । सो अधिवेशनले अध्यक्षसहित पदाधिकारी चयन गर्नेछ । अधिवेशनलाई सफल बनाउन दुई सय जना स्वंयसेवक परिचालन गरिने र उद्घाटनको अघिल्लो दिन हेटौँडा उपमहानगरपालिका क्षेत्रमा मोटरसाइकल र्‍यालीको आयोजना गरिने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *