पपुवान्युगिनीमा पहिरो : २ हजार भन्दा बढी मानिस पुरिएको पुष्टि

एजेन्सी । पपुवान्युगिनी (पीएनजी) राष्ट्रिय प्रकोप केन्द्र (एनडीसी) ले एन्गा प्रान्तमा शुक्रवार गएको ठूलो पहिरोमा २ हजार भन्दा बढी मानिस पुरिएको पुष्टि गरेको छ ।

देशमा आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आईओएम) को मिसन प्रमुख सेरहन अक्टोप्राकलेसंयुक्त राष्ट्र (यूएन) माइग्रेसन एजेन्सीले सोमवार सो बारेमा जानकारी दिएको बताए ।

केन्द्रका कार्यवाहक निर्देशक लुसेटे लासो मनाले विपद्ले भवन र खाद्यान्न बगैंचामा ठूलो क्षति पुर्याएको र पीएनजीको आर्थिक जीवन रेखामा ठूलो असर पुगेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *