विश्वकपको अभ्यास खेलमा क्यानडाविरुद्ध नेपाल पहिले फिल्डिङमा, यस्ताे छ टाेली

आईसीसी टि २० विश्वकप क्रिकेट अन्तरगत अभ्यास खेलमा नेपालले पहिले फिल्डिङ गरिरहेको छ। नेपालले टस जितेर फिल्डिङ रोजेपछि क्यानडाले ब्याटिङ थालेको हो।

विश्वकप अघि नेपालले दुई अभ्यास खेल खेल्दैछ। पहिलो खेलमा क्यानडाविरुद्ध उत्रिएको हो।

क्यानडाविरुद्धको खेलमा नेपालले रोहित पौडेलको कप्तानीमा कुशल मल्ल, अनिल साह, आसिफ शेख, सोमपाल कामी, करण केसी, सन्दीप जोरा, कुसल भुर्तेल, गुल्शन झा, अभिनास बोहरा र सागर ढकाललाई मैदानमा उतारेको छ।

नेपालले दुई दिन पछि अमेरिकासँग अभ्यास खेल खेल्दैछ। नेपालले विश्वकपका लागि सन्दीप लामिछानेलाई पनि पठाउन भिसाका लागि प्रयास जारी राखेको छ। सन्दीप गएमा त्यहाँ भएका एक जना टोलीमा पर्ने छैनन्। जसका लागि नेपालले आईसीसीसँग पनि अनुमति लिइसकेको छ।

सन्दीपको भिसा बारे सम्भवतः मंगलबार टुंगो लाग्नेछ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *