के हार्दिक पाण्ड्याको डिभोर्स हुन लागेको हो ?

काठमाडौं । आइपिएल पछि यति बेला भारतीय क्रिकेटर हार्दिक पाण्ड्याको निजी जीवनबारे चर्चा भइरहेको छ । आइपिएलमा सन्तोषजनक प्रदर्शन गर्न नसकेर आलोचना खेपेका पाण्ड्याको अहिले निजी जीवनबारे चर्चा भइरहेको हो । त्यो चर्चा हो– ‘उनको पत्नीसँग डिभोर्स हुँदैछ ।’

अभिनेत्री नताशा स्टानकोभिन र क्रिकेटर पाण्ड्याले सम्बन्ध विच्छेद गर्न लागेको खबर विभिन्न सञ्चार माध्यममा सार्वजनिक भइरहेका छन् । भारतीय सञ्चारमाध्यममा दैनिक जसो यस विषयमा समाचार सार्वजनिक हुने गरेका छन् ।

भारतको चर्चित संचारमाध्याम जागरणका अनुसार हार्दिकले आफ्नो ७० प्रतिशत सम्पत्ति नताशालाई दिने भएका छन् । नताशा र हार्दिक दुवैले सम्बन्ध विच्छेदको बारेमा केही बताएका छैनन् ।

यसैबिच नताशाको एक भिडिओ भाइरल भइरहेको छ । जसमा उनी आफ्नो पूर्व प्रेमी अली गोनीसँग देखिएकी छन् । नताशा र अली लामो समयसम्म प्रेम सम्बन्धमा थिए । नताशा सर्वियन नागरिक हुन् । उनी २०१२ मा भारत आएकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *