कांग्रेसको आरोप- सत्तापक्ष सहकारी समस्या समाधान गर्न गम्भीर भएन

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सत्तापक्ष सहकारी समस्या समाधान गर्न गम्भीर नभएको आरोप लगाएको छ ।

सोमवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली काँग्रेसका सांसद जीवन परियारले यस्तो आरोप लगाएका हुन् ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउन सकारात्मक भएपनि सत्तापक्षका अन्य राजनीतिक दलहरू गम्भीर नभएको बताए । नेपाली काँग्रेसले लामो समयदेखि सहकारी पीडितहरू, बचतकर्ताहरूको बचतको सुरक्षा र ती पीडितहरूले अविलम्ब आफ्नो बचत रकम फिर्ताको सुनिश्चितता खोजेका बताए ।

उनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गोरखा मिडिया नेटवर्कमा रहँदा विभिन्न सहकारीबाट करोडौँको रकम गोरखा मिडिया नेटवर्कमा र गोरखा मिडिया नेटवर्कमा विभिन्न कम्पनी र व्यक्तिमार्फत रकम पुगेको बारेमा अनुसन्धान गर्न माग गर्दै आएको बताए । उनले सही ढंगबाट छानबिन हुनुपर्ने काँग्रेसको माग रहेको बताए ।

उनले भने ‘हामी अत्यन्त गम्भीर भएका छौँ । नेपाली काँग्रेस पार्टीले लामो समयदेखि अघिल्लै सदनदेखि नै लाखौँलाख सहकारी पीडितहरू, बचतकर्ताहरूको बचतको सुरक्षा र ती पीडितहरूले अविलम्ब आफ्नो बचत रकम फिर्ताको सुनिश्चितता खोजेका छन् । पहिलो प्राथमिकता त्यसमा छ । सहकारी विभागले समस्याग्रस्त सहकारीको सूचि सार्वजनिक गर्ने, हिजोआज पनि कयौँ सहकारीले अर्बौँ रकम अपचलन गरेको भनेर सञ्चारमाध्यममा सुन्नु परिरहेको छ ।

अहिले ५/६ दर्जन सहकारी संस्थाहरूले रकम अपचलन गरेको कुरा हामीले सुन्दै आएका छौँ । लाखौँ लाख बचतकर्ताहरूको रकम कसरी बचतकर्ताहरूको हातमा पुग्छ, पहिलो प्राथमिकता छ । हामीले माननीय उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेजीले गोरखा मिडिया नेटवर्कमा रहँदा विभिन्न सहकारीबाट करोडौँको रकम गोरखा मिडिया नेटवर्कमा र गोरखा मिडिया नेटवर्कमा विभिन्न कम्पनी र व्यक्तिमार्फत रकम पुगेका छन् । त्यसको सही ढंगबाट छानबिन हुनुपर्छ भन्ने नेपाली काँग्रेसको धारणा हो ।

सत्ता पक्षले प्रस्तावमा सकारात्मक छौँ भन्ने र कहिले गलत व्याख्या गरिदिने कुराले अन्योलता आएको छ । हामीले जनताको बचत रकम फिर्ता र सुनिश्चित गर्ने कुरामा केन्द्रित छौँ । प्रधानमन्त्रीको पहल कदमी सकारात्मक छ तर सम्पूर्ण सत्ता पक्षको सोचेको जस्तो समस्या समाधान भन्नेतर्फ समस्यालाई अल्झाइरहने जस्तो देखिन्छ ।’

उनले सत्ता पक्षले प्रस्तावमा सकारात्मक छाँै भन्ने तर गलत व्याख्या गर्ने गरेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *