दिल्लीमा भएको आगलागीमा परी कम्तीमा ७ नवजात शिशुको मृत्यु

एजेन्सी । पूर्वी दिल्लीको विवेक बिहार क्षेत्रमा शनिवार राति बेबी केयर सेन्टर भित्र आगलागी हुँदा कम्तीमा सात नवजात शिशुको मृत्यु भएको छ ।

अन्य पाँच जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको बताइएको छ । घाइते नवजात शिशुलाई अर्कै अस्पतालमा लगिएको छ । अक्सिजन सिलिण्डर पड्किएपछि आगलागी भएको बताइएको छ ।

पूर्वी दिल्लीको कृष्ण नगर क्षेत्रमा रहेको बहुमंजिला घरमा भएको अर्को आगलागीमा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

भुईँ तल्लाको पार्किङ एरियाबाट सुरु भएको आगलागी भवनको पहिलो तल्लामा फैलिनुअघि १० भन्दा बढी दुईपाङ्ग्रे सवारी साधनमा क्षति पुगेको डीएफएस अधिकारीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *