सोमबार बढ्यो सुनको मूल्य, चाँदीको मूल्य कति ?

काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला तीन सयले बढेको छ ।

आइतबार प्रतितोला एक लाख ३६ हजार नौ सयमा कारोबार भएकोमा आज एक लाख ३७ हजार दुई सय कायम भएको छ ।

साथै तेजावी सुनको मूल्य प्रतितोलामा तीन सयले बढेर एक लाख ३६ हजार पाँच सय ५० कायम भएको छ ।

साथै चाँदीको मूल्य प्रतितोला २५ ले बढेर एक हजार आठ सय ८० कायम भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *