विश्वकप वार्मअप : आज क्यानडाको सामना गर्दै नेपाल

काठमाडौं । आइसीसी टी-२० विश्वकप अघिका वार्मअप खेल सुरु हुँदैछन् । आज नेपालले वार्मअप खेलमा क्यानडाको सामना गर्ने भएको हो ।

अमेरिकाको डल्लासस्थित क्रिकेट मैदानमा हुने यो खेल नेपाली समय अनुसार राति ९:१५ बजेदेखि सुरु हुँदै छ । नेपाल र क्यानडावीच अहिलेसम्म एक मात्र टी-२० अन्तर्राष्ट्रिय खेल भएको छ । २०२२ को फेब्रुअरी २१ मा भएको सो खेल नेपालले जितेको थियो ।

आइसीसीको टी-२० वरियतामा नेपाल १७औं स्थानमा छ भने क्यानडा २३औं स्थानमा रहेको छ । नेपालले यो खेलपछि मे ३० मा डलासमै अमेरिकाविरुद्ध खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *