आईपिएल

उपाधिका लागि कोलकाता र हैदरावादको प्रतिस्पर्धा, हेड टु हेड’मा को अगाडि ?

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) २०२४ को फाइनलमा आज कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावादबिच प्रतिस्पर्धा हुँदैछ । फाइनल प्रतिस्पर्धा आइतबार साँझ ७:४५ बजे चेन्नईमा सुरु हुने भएको हो ।

हैदरावाद र कोलकाताको हेड टु हेड अहिलेसम्म कोलकाता अगाडि छ । पाँच प्रतिस्पर्धामा हैदरावादले एउटा मात्र जित निकालेको छ । आईपिएलको यो सिजनमा भएका दुई भेटमा कोलकाता विजयी भएको छ । समूह चरणको पहिलो भेटमा ४ रनले विजयी भएको कोलकाता पहिलो क्वालिफायरमा ८ विकेटले विजयी भएको हो ।

यसअघि २०२३ मा भएको एक भेटमा कोलकाता ५ रनले विजयी भएको थियो भने एक खेलमा हैदरावाद २३ रनले विजयी भएको छ । २०२२ मा भएको एक प्रतिस्पर्धामा कोलकाता ५४ रनले विजयी भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *