विश्वकप अघिको अभ्यास खेलमा नेपालको लगातार दोस्रो जित

काठमाडौं । आइसिसी टी-२० विश्वकपको तयारीका लागि हस्टन हुरिकेन्सविरुद्ध नेपालले दोस्रो जित निकालेको छ । पहिलो अभ्यास खेलमा शनिबार ६ रनको जित निकालेको नेपाल आइतबार बिहान सम्पन्न दोस्रो खेलमा २७ रनले विजयी भएको हो ।

सुरुमा ब्याटिङ गरेको नेपालले दिएको १२४ रनको लक्ष्य पछ्याएको हुरिकेन्स १८.३ ओभरमा ९६ रन बनाएर अलआउट हुँदा नेपाल २७ रनले विजयी भएको हो ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४१ रन जोड्दा कुशल भुर्तेलले २३ रन बनाए । गुल्सन झा १४ रनमा आउट हुँदा आशिफ शेख १, अनिलकुमार शाह ४ रनमा आउट भए । कुशल मल्लले मात्र २ रन जोडे । सन्दीप जोरा र सोमपाल कामीले नटआउट समान १२-१२ रन जोडे । पूरै २० ओभर खेल्दै नेपालले ६ विकेट गुमाएर १२३ रन बनाएको थियो ।

१२४ रनको लक्ष्य पछ्याएको हुरिकेन्सलाई सस्तैमा समेट्न नेपालका लागि करण केसीले मात्र १० रन दिएर तीन विकेट हात पारे । सोमपाल कामीले दुई विकेट लिँदा रोहितकुमार पौडेल, अविनास बोहोरा र सागर ढकालले समान एकएक विकेट हात पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *