अपराह्न २ बजेतिर डुबेको खबर पाएपछि स्थानीयवासीको सहयोगमा प्रहरीले उद्धार गरेर उपचारका लागि अस्पताल पुर्याएको थियो । पछिल्लो समय गर्मी बढेसँगै नदी तथा खोलामा पौडी खेल्ने जानेक्रम बढेकाले सावधानी अपनाउन प्रहरीले अपिल गरेको छ।
नुवाकोटमा पौडी खेल्ने क्रममा दुई जनाको मृत्यु
२०८१ जेठ १२ गते

नुवाकोटको तादीखोलामा पौडी खेल्ने क्रममा शनिबार दुई जनाको मृत्यु भएको छ।
बेलकोटगढी नगरपालिका–१० स्थित तादीखोलामा पौडी खेल्ने क्रममा डुबेर बेलकोटगढी–१३ का १९ वर्षीय रोजन तामाङ र ककनी गाउँपालिका–४ का १८ वर्षीय हिमाल तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए।
उनका अनुसार डुबेर बेहोस भएका दुवैलाई उद्धार गरेर उपचारका लागि त्रिशूली अस्पताल पुर्याइएको थियो । तर चिकित्सकले मृत घोषणा गरे।
तादीखोलामा पौडी खेल्ने गएका छजना युवामध्ये मृत्यु भएका दुई युवकलाई घुमाउने भन्ने स्थानबाट बगाएको थियो।
२०८१ जेठ १२ गते
प्रतिक्रिया
सम्बन्धित








