एकै सिजनमा तीनपटक सगरमाथा चढिन् पूर्णिमा

काठमाडौं । पूर्णिमा श्रेष्ठले सगरमाथा आरोहणमा नयाँ कीर्तिमान बनाएकी छन् । एकै सिजनमा तीन पटक सगरमाथा आरोहण गर्ने पहिलो महिला आरोहीको रुपमा उनले रेकर्ड कायम गरेकी हुन् ।

यो सिजनमा उनले मे १२, मे १९ र मे २५ मा सगरमाथा आरोहण गरेकी हुन् ।

उनलाई पहिलो आरोहण फुर्वा तेम्बा शेर्पा, दोस्रो आरोहण पासाङ शेर्पा र तेस्रो आरोहण कर्मा ग्याल्जेन शेर्पाले गराएका हुन् । पूर्णिमा अहिले आरोहण पूरा गरेर फर्किने क्रममा छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *