आईपिएल

हैदरावादले राजस्थानलाई हरायो, उपाधिका लागि कोलकत्ताको सामना गर्ने

काठमाडौँ । सनराइजर्स हैदरावाद इण्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा पुगेको छ । शुक्रबार राति सम्पन्न दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई ३६ रनले पराजित गर्दै सनराइजर्स फाइनलमा पुगेको हो ।

सनराइजर्सले दिएको १७६ रनको लक्ष्य पछाएको राजस्थानले २० ओभरमा ७ विकेट गुमाउदै १३९ रन बनाएको थियो । यस अघि पहिला ब्याटिंग गरेको सनराइजर्सले २० ओभरमा ९ विकेट गुमाउदै १७५ रन बनाएको थियो । यो जितपछि सनराइजर्स तेस्रो पटक फाइनलमा पुगेको छ ।

यस अघि सनराइजर्सले २०१६ मा उपाधि जितेको थियो भने २०१८ मा फाइनलमा पराजित भएको थियो । अब फाइनल खेल आइतबार सनराइजर्स हैदरावादले कोलकोता नाइट राइडर्ससँग खेल्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *