विश्वकप अघिको अभ्यास खेलमा नेपाल ६ रनले विजयी

काठमाडौँ । नेपालले अभ्यास खेलमा ह्युस्टन हुरीकेन्सलाई पराजित गरेको छ। शुक्रबार राति सम्पन्न खेलमा नेपाल ६ रनले विजयी भएको हो ।

नेपालले दिएको १४७ रनको लक्ष्य पछ्याएको हुरीकेन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४० रन मात्रै बनाउन सक्यो ।

हुरीकेन्सका लाहिरु मिलन्थाले सर्वाधिक ३३ रन बनाए । अली शेख २३, स्मित पटेल १९ र आकर्षित गोमेल १८ रनमा आउट भए । नेपालका सोमपाल कामी र करण केसीले २/२ विकेट लिए । रोहितकुमार पौडेल, अविनाश बोहरा, सागर ढकाल र कुशल भुर्तेलको नाममा १/१ विकेट रह्यो ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४६ रन बनाएको थियो । नेपालका अनिलकुमार साहले सर्वाधिक ४७ रन बनाए । कप्तान रोहितकुमार पौडेल २३, गुल्शनकुमार झा २० र सन्दीप जोरा २१ रनमा आउट हुँदा करण केसी १० रनमा अविजित रहे ।

होरिकेन्सँग नेपालले अर्को खेल शनिबार राति खेल्नेछ । विश्वकप अगाडिको अभ्यास खेलका रुपमा नेपालले दुई खेल खेल्न लागेको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *