गोकर्णमा किराँतीहरूले यसरी मनाए उभौली पर्व (तस्बिरहरू)

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले उभौली पर्व धूमधामका साथ मनाउने गरेका छन् । आज देशभर भूमेस्थानमा पूजा आराधना गरी किराँत समुदायले यस पर्वलाई मनाएका हुन् । यसै अवसरमा राजधानीको गोकर्णमा किराँत समुदायका मानिसहरू भेला भएर उभौली पर्व मनाएका छन् ।

यसदिन उनीहरू राई भेसभुसामा र गहनामा सजिने गर्दछन् । उभौली पर्वमा किराँत समुदायले संस्कार र संस्कृतिको प्रदर्शन गर्दै नाचगान र रमाइलो गर्ने गर्दछन् ।

वैशाखमा गर्मी बढेसँगै बेँसीबाट लेकतिर उँभो (माथि) लाग्ने भएकाले उभौली र मंसिर लागे सँगै जाडो बढ्ने भएकोले लेकबाट बेसी तिर उँभो (तल) झर्ने दिन उँधौली पर्व मनाइन्छ ।

उभौली पर्व किराँत समुदायका सुनुवार, राई, लिम्बु , याक्खा जातिको मुख्य पर्व हो । वसन्त ऋतुको आगमन सँगै बालीनाली राम्रो होस् र दैविप्रकोप तथा विपत्तिहरू नआउन् भनी भूमि पूजा गरि यो पर्व मनाइन्छ ।

हेर्नुहोस् तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *