कांग्रेसले शुक्रवार काठमाडौंमा विशाल प्रदर्शन गर्ने

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले शुक्रवार काठमाडौं केन्द्रित विरोध प्रदर्शन गर्ने भएको छ ।

बुधवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रिय समिति र संसदीय दलको बैठकले सो निर्णय गरेको काँग्रेस नेता नैनसिंह महरले बताए । उनले शुक्रवार काँग्रेसको नेतृत्वमा काठमाडौं केन्द्रित संघर्ष गर्ने र सहकारीको विषयमा पीडित केन्द्रित आन्दोलन गर्ने निर्णय भएको बताए ।

उनले पार्टीलाई स्थानीय स्तरसम्म लैजान विभिन्न कार्यक्रमहरू गर्ने निर्णय भएको बताए । उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि काँग्रेसको नेतृत्व गर्नेहरूबाट पार्टीलाई ठिक ठाउँमा पुर्‍याउन नसकेको जिकिर गरे ।

उनले भने, ‘शुक्रवार काँग्रेसको नेतृत्वमा काठमाडौं केन्द्रित संघर्ष गर्ने र सहकारीको विषयमा जुन जुन जिल्लामा सहकारी पीडितहरू बढी छन्, त्यो जिल्लामा इन्क्वायरी गर्ने र त्योअनुसार संघर्षको कार्यक्रम गर्ने । पार्टीलाई तल्लो स्तरसम्म लैजान राम्रोसँग काम गर्ने र केही कार्यक्रम बनाउने । नेपाली काँग्रेसको जसले जसले नेतृत्व गरेको छ, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरे यता यो नेतृत्वले काँग्रेसलाई ठिक ठाउँमा पुर्‍याउन सकेको छैन । जुन स्पिडमा काँग्रेसले आशातित हुन सकेन ।’

उनले काँग्रेसले आशातित रूपमा काम गर्न नसकिरहेको पनि बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *