सहकारी ठगीको समाचार लेख्दा गृहमन्त्रीले सिरोहियालाई पक्राउ गरे : भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता डा.भीम रावलले सहकारी ठगीको समाचार लेख्दा कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा आफ्नो धारणा लेख्दै गृहमन्त्री र रास्वपाका कतिपय व्यक्ति सहकारीको करोडौँ रुपैयाँ ठगीमा संलग्न भएका तथ्य समाचार प्रकाशित भएपछि प्रतिशोध साध्ने र आतङ्कित पार्ने दुराशयबाट सिरोहियालाई पक्राउ गरिएको बताएका हुन ।

उनले गृहमन्त्री रवि लामिछानेसँग नेपालको कानुन विपरीत विदेशको समेत गरी दुइटा नागरिकता र राहदानी हुँदा केही कारबाही नगर्ने तर कैलाश सिरोहियालाई दुइटा नागरिकतामा विवरण फरक परेको भनी कार्यकक्षबाट पक्राउ गर्नु उचित नभएको बताएका छन् ।

उनले कार्यकक्षबाटै पक्राउ गरेर रातारात धनुषा लिने काम पनि ठिक नभएको कर्क गरेका छन् । उनले के मन्त्री र अरूका लागि फरक–फरक कानुन छ ? भन्दै प्रश्न समेत गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *