संसदमा गगनले थर्काएपछि सामाजिक सञ्जालमा रवीको आक्रोस

संसदमा गगन थापाले थर्काएपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सामाजिक सञ्जालमा आक्रोस पोखेका छन्।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शुक्रबार संसदमा बोल्दै रवि लामिछाने सहकारी ठगीमा संलग्न रहेको प्रमाण नै देखाएका थिए। गगनले संसदीय छानविनबाट डराएको भनेपछि रविले साँझ सामाजिक सञ्जालमार्फत त्यसको जवाफ दिएका छन्।

केही पहिलेसम्म नजिक रहेका गगन रवी पछिल्लो समय दूरी बढ्दै गएको छ। एकले अर्कालाई निशानामा पार्न थालेका छन्।

शुक्रबारको संसद् बैठकमा कांग्रेसको अवरोधका कारण बोल्न नपाएका लामिछानेले कांग्रेस नेता थापालाई आफूले सहकारीमा ऋण मागेको प्रमाण देखाउन चुनौती समेत दिए ।

यस्तो छ गगन लक्षित रवीको जवाफ

कांग्रेस र गगन थापाजीहरुले आरोप लगाए जस्तो मैले खुद आफैले फारम भरेर उक्त सहकारी बाट ॠण मागेकोरलिएको प्रमाणित गरिदिनुस्, म राजनीति छोडिदिन्छु।

प्रमाणित नगरे तपाईं राजनीति छोड्न तयार होरु किर्ते कागज र काइते तर्क दिएर गोलमटोल जवाफ दिन पाइदैन। म संसदीय छानबिन सँग र तपाइँहरुको देश डुबाउने राजनीति सँग डराएको छैन, तर मलाई मात्र एक पटक बोल्न दिन तपाईहरु चाहिँ किन डराएको ?  डर र रबि लामिछाने एकै ठाउमा बस्दैनन् थापा जी।

एक पटक बोल्न त दिनुस्, संसदीय छानबिन समिति मागको दोकान तत्काल बन्द हुन्छ। तपाईहरुलाई सहकारी पीडितको मुद्दासँग कुनै सरोकार छैन, तपाईहरुलाई केवल मलाई बदनाम गराउनु छ।

हेक्क राख्नुस् , मपनि यो सर्वभौम संसदको सर्वाधिक मत प्राप्त जननिर्वाचित प्रतिनिधि हुँ।

म माथि लागेका संघिन आरोपहरु बारे एक पटक बोल्न समेत नदिने अनि तपाईंको आदेश मैले मान्नु पर्नेरुरु दुई महिना निरन्तर गाली गर्ने, झुठा आरोप लगाउने, मिडिया खेलाउने अनि एक पटक बोल्न पाँउ न भन्दा संसदमा बाटो छेक्ने ? घेराउ गर्नेर ? अझ डारायो भन्नेर ? यहि हो कांग्रेसको लोकलन्त्र ?
प्रिय रास्वपा परिवारका साथीहरु, शिर ठाडो राख्नु होला।

तपाईंको सभापतिले आजसम्म कसैलाई ठगेको छैन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *