संसद् बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगन भएको छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संसदमा नाराबाजीसहित बेल घेराउ गरेपछि बैठक स्थगित भएको हो ।

कांग्रेसको अवरोधबीच सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर सुनाउन खोजेका थिए । त्यसअघि कांग्रेसका सांसद गगनकुमार थापाले सहकारीको बचत अपचलनमा संसदीय छानबिन समिति नबनाएसम्म संसदको कामकारबाही अघि बढ्न नसक्ने बताएका थिए ।

कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समितिको माग गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *