सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

वैदेशिक रोजगारीमा रहँदा आफ्नो श्रीमान्सँग सामाजिक सञ्जालमा कुराकानी गर्ने क्रममा आदानप्रदान भएका गोप्य अङ्ग देखिने तस्बिर/भिडियो पीडितका साथीलाई पठाउने मकवानपुरका २४ वर्षीय फुर्साङ रुम्बालाई पक्राउ गरी प्रहरीको साइबर ब्यूरोले आज सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दीपकराज अवस्थीले फेक एकाउण्ट बनाएर गोप्य अङ्ग देखिने तस्बिर/भिडियो पीडितका साथीहरूलाई पठाएको अभियोगमा रुम्बालाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका रुम्बामाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता अवस्थीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *