ओलीको आरोप- ‘कांग्रेसले प्रतिशोधपूर्ण राजनीति गरिरहेको छ’

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसले प्रतिशोधपूर्ण राजनीति गरिरहेको आरोप लगाएका छन् ।

प्रधानमन्त्रीको प्रस्ताव गरेको काँग्रेसले आफूले भनेको नमानेपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको आरोप लगाएर प्रतिशोधपूर्ण ढंगले राजनीतिक गरिरहेको ओलीको आरोप थियो ।

शुक्रवार पार्टी संसदीय दलको बैठकमा बोल्दै उनले उपप्रधानमन्त्री लामिछाने सहकारी प्रकरणमा निर्दोष रहेको कुरा महान्यायाधिवक्ताको कार्यालयले समेत स्पष्ट पारेको जिकिर गर्दै ओलीले यस्ता कुरामा संसदीय छानबिन समितिको माग गरेर काँग्रेसले राजीनामा माग्ने खेल सुरु गरेको दाबी गरे । पहिला प्रधानमन्त्रीको प्रस्ताव गरेको काँग्रेसले फेरी लामिछानेमाथि नभएको अभियोग लगाउने कोशिस गरेर छुुद्र राजनीति गरेको ओलीको भनाई थियो ।

उनले भने ‘महान्यायाधिवक्ताको कार्यालय भन्दैछ–केही पनि छैन । उहाँहरू विभिन्न पृष्ठमा नाम उल्लेख भएका कुराहरू खोजेर हिँड्नुहुन्छ । यो भन्दा अगाडिको बैठकमा भन्नुभयो । उहाँको नाममा नगरौँ । सहकारीको अवस्थाको बारेमा छानबिन गरौँ । मैले भने अब सहकारीको अवस्थाको बारेमा के छानबिन गर्ने ? सहकारीमा बेथिति भएको छ कि छैन ? भन्दा छ । हिनामिना भएको छ कि छैन ? भन्दा छ । सहकारीमा लगानीकर्ताहरू डुबाइएको छन कि छैनन् भन्दा छ । कुन कुन सहकारीको अवस्था के छ, त्यो पनि थाहा छ । अब रिसर्च गर्ने त्यो भन्दा ? सरकारले कदम चाल्न प¥यो अब कसरी यो समस्याको समाधान गर्ने । अब सरकारले कदम चालेर समस्याको समाधान गर्नुप¥यो ।

हामीले रविजीको राजीनामा मागेका छैनौँ भन्छ काँग्रेस । अहिले राजीनामा मागिएको छैन । केही पनि नहुँदा समिति बनाऊ भन्ने, समिति बनेपछि आफ्नै बारेमा छानबिन गर्न आफैँ उपस्थित भएको संसद छानबिन गर्नु परेपछि मन्त्रीको पदमा बस्न मिल्छ ? उपप्रधानमन्त्री, गृहमन्त्री भएर झण्डा हल्लाउन मिल्छ ? छानबिनलाई प्रभावित गर्दैन पुलिसले ? अनि गृहमन्त्री कसरी पदमा रहन सक्छ भन्ने । त्यो छानबिन समिति बनाई सकेपछि तत्काल उहाँहरुले सुरु गर्नुहुन्छ राजीनामाको खेल । अनि, एकातिर डेढ वर्ष तपाई प्रधानमन्त्री भइदिनुस् । यो समीकरण छोडिदिनुस्, हाम्रो गठबन्धनमा आउनुस् ।

डेढ वर्ष प्रधानमन्त्री खाइदिनुस् भन्न जाने । त्यो हुन्न भनेर त्यो कागजको सम्झौतामा सही नगरेपछि अनि विभिन्न फाइल बोकेर रिसर्च गर्नुपर्ने । नेपाली काँग्रेसको यस्तो तरिका फिअर छैन । यस अधिवेशनमा उहाँहरू कसरी आउनुहुन्छ ? मलाई थाहा छैन । तर राजनीतिमा यस प्रकारको छुद्र खेलहरू खेलिनु हुँदैन । साँच्चै कोही दोषी छ भने त्यो छानबिन गर्नु, कारबाही गर्न बेग्लै कुरा हो । दोषी छैन, कसैको उजुर छैन । अनि फेरि दोषी करार गरेर कुनै पार्टीलाई सनक चल्यो भन्दैमा, कसैलाई धक्का प¥यो भन्दैमा त्यस प्रकारको छानबिन गर्ने, अव कसैलाई एउटा उजुर हाल्न लगाई देला । उजुर हालेको भरमा छानबिन गर्न थाल्ने हो भने सबैका विरुद्ध उजुरी पर्दछन् । सबैको छानबिन हुन्छ । किन ? आधार त केही पनि चाहिँदैन । यस्तो खालको कुरा कमसेकम नेपाली काँग्रेसले गर्नु हुँदैन । एमाले त्यस्ता खालका कामहरु गर्दैन । काँग्रेसले पनि यस्तो काम गर्नु हुँदैन । प्रतिशोध र स्वार्थ केन्द्रित राजनीति राजनीति होइन ।’

ओलीले कसैले उजुरी हालेको भरमा छानबिन समिति बनाउने कुरा उचित नभएको र त्यसलाई मान्य पक्षमा आफूहरू नरहेको अडान पनि राखे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *