काभ्रेमा तारले रुखमा बाँधेर जलाइएको अवस्थामा भेटियो युवकको शव

काठमाडौं । काभ्रेमा रुखमा बाँधेर जलाइएको अवस्थामा एक जना पुरुषको शव फेला परेको छ । काभ्रेको पाँचखाल नगरपालिका-४ मा रुखमा बाँधेर जलाइएको अवस्थामा पुरुषको शव फेला परेको हो ।

फेदी र जिरोकिलोको बीच भागमा पूर्णरुपमा जलेको अवस्थामा पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । तारले रुखमा बाँधेर जलाइएको अवस्थामा शव फेला परेको छ । शवको पहिचान हुन सकेको छैन ।

शवको प्रकृति हेर्दा घटना ५/६ दिन अघिको हुन सक्ने अनुमान छ । घटनास्थलमा कुकुर सहितको प्रहरीको अनुसन्धान टोली परिचालन गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *