एमालेले पनि बोलायो संसदीय दलको बैठक

काठमाडौँ । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक बिहान साढे ११ बजे संसद् भवन नयाँबानेश्वरस्थित संसद्को ल्होत्से हलमा बस्ने गरी बैठक बोलाइएको हो ।

संसद्को बर्खे अधिवेशनमा सांसदहरुले खेल्ने भूमिकाबारे छलफल गर्न बैठक बोलाइएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । शुक्रबारबाट संसद्को बजेट अधिवेशन सुरु हुँदै छ । प्रतिनिधिसभाको बैठक दिउँसो २ बजे बस्दै छ ।

त्यसअघि बजेट अधिवेशन, संसद्मा देखापरेको अवरोधलगायतका विषयमा छलफल गर्न लागिएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *