कालीगण्डकी किनारमा दुर्गाबहादुरको शव फेला

काठमाडौं । स्याङ्जाको चापाकोट नगरपालिका-९, का एक युवकको शव कालीगण्डकीमा फेला परेको छ । चापाकोट-९ बैडी बस्ने ३० वर्षिय दुर्गा बहादुर थापा (सफल)को शव बिहीबार रामपुर नगरपालिका-८, भुजात स्थित कालीगण्डकी किनारमा फेला परेको हो ।

गत आइतबार देखि थापा सम्पर्कविहीन भएका थापाको शव नदी किनारमा फेला परेको हो । थापाको आफन्तले शवको पहिचान गरेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक सालिकराम खनालले जानकारी दिए ।

माछा मार्न गएका माझीहरूले अपराह्न नदी किनारमा शव देखे पछि प्रहरीलाई खबर गरेका थिए । शव पोस्टमार्टमका लागि रामपुर अस्पताल ल्याइएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *