आज अक्षय तृतीया, सनातन धर्मावलम्बीका लागि विशेष दिन

काठमाडौं । वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया । सनातन धर्मावलम्बीका लागि विशेष दिन ।

यो दिन पवित्र तलाउ र नदीमा स्नान गरी भगवान् विष्णुको पूजा आराधना गर्ने विधान छ । ब्रह्मा-विष्णु-महेश्वरको आवाहन गरी घडा र जौको सातुलगायत शीतलता प्रदान गर्ने वस्तु दान गर्नाले अक्षय फल प्राप्त हुने पुराणमा उल्लेख छ । यस्तै छाता, जुत्तालगायत वस्तु पनि दान गर्ने परम्परा छ ।

पुण्य मिल्ने विश्वासमा बाटोमा सर्वत र सातु राखेर बटुवालाई खुवाउने परम्परा पनि छ । गर्मीयाम भएकाले जौको सातु र सर्वत खाँदा शरीरलाई फाइदा गर्ने आयुर्वेदमा उल्लेख छ ।

अक्षय तृतीयालाई सत्ययुगादि तिथि पनि मानिएको छ । त्रेतायुगको आरम्भ यही दिनबाट भएको पौराणिक ग्रन्थहरूमा उल्लेख छ । अक्षय तृतीयाकै दिन भगवान् शिव पार्वतीको विवाह भएको पुराणमा उल्लेख छ। ​भगवान् विष्णुका छैटौँ अवतार परशुराम जयन्ती पनि वैशाख शुक्ल तृतीयाकै दिन मनाइन्छ ।

शुक्रबार १ घडी ४९ पला अर्थात् बिहान ६ बजेर ३ मिनेटसम्म द्वितीया तिथि रहने र त्यसपछि तृतीया लाग्ने पञ्चांगमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *