सूर्यज्योति लाइफको सुविधायुक्त Dynamic QR सेवा सञ्चालनमा

काठमाडौँ । सूर्यज्योति लाइफले आफ्ना प्रविधिमैत्री सेवाहरूलाई अझ सुदृढ गर्दै सेवाग्राहीहरूका लागि सुविधायुक्त भुक्तानीको माध्यमको रुपमा Dynamic QR Payment System सञ्चालनमा ल्याएको छ ।

Dynamic QR Payment System को उपयोगले बीमितहरुले जुनसुकै समयमा जुनसुकै स्थानबाट आफ्नो बीमालेख सुरक्षित तथा सहज तवरले भुक्तानी गर्न सक्नेछन् उक्त भुक्तानीको र अन्य विवरण मोबाइल एप मार्फत हेर्न मिल्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

Dynamic QR Payment System मा विभिन्न बैंकको नियमानुसार अधिकतम रु ३ लाख सम्मको भुक्तानी गर्न मिल्ने सुविधा रहेको र Fone Pay को माध्यम प्रयोग गर्ने कुनै पनि बैंक, सहकारी वा Connect IPS APP लगायत अन्य Digital माध्यमबाट भुक्तानी गर्न सकिनेछ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री भन्छन् ‘अरु क्षेत्रमा Dynamic QR  पहिलेदेखि नै प्रचलनमा भए पनि जीवन बीमाक्षेत्रमा भने यो नयाँ अभ्यास हो । हरेक ग्राहकका लागि फरक फरक QR बन्ने र भुक्तानी गर्नासाथ आफैँ सिस्टममा अपडेट हुने यसको विशेषता हो । यस Dynamic QR Payment System को मद्दतले सेवाग्राहीहरूले घरमै बसी आफ्नो मोबाइल अथवा सूर्यज्योति लाइफको वेबसाइट मार्फत आफ्नो विवरण भरि  Dynamic QR प्राप्त गर्ने र सो Dynamic QR Scan गरि छिटो छरितो रूपले बीमाशुल्क भुक्तानी गर्न सक्नुका साथै भुक्तानीको विवरण सेवाग्राहीहरूले तुरुन्तै मार्फत  SMS  प्राप्त गर्न सक्नुहुनेछ ।’

यो सुविधा लिन हाम्रा बिमितहरुले देश भरि रहेका १७८ शाखा कार्यालयहरू वा आफैले घरमै बसेर सूर्यज्योति लाइफको वेबसाइटमा गई वा मा आफ्नो https://services.suryajyotilife.com/ बीमालेख र पोलिसी नम्बर राखी सजिलै लिन सक्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *