पार्टी विभाजनविरुद्ध अदालत जाने तयारीमा उपेन्द्र

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल पार्टी विभाजनविरुद्ध अदालत जाने तयारीमा छ ।

पार्टी विभाजनविरुद्ध अदालत जाने औपचारिक निर्णय गर्न केन्द्रीय कार्यकारिणी बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारी ललितपुरमा जारी बैठकले पार्टी विभाजन सम्बन्धी आफ्नो धारणा सार्वजनिक गर्नेछ ।

बैठकपछि पत्रकार सम्मेलन गरेर पार्टी विभाजनबारे आफ्नो धारणा सार्वजनिक गर्ने जसपाका प्रवक्ता मनिष सुमनले जानकारी दिए । उनकाअनुसार पत्रकार सम्मेलन पार्टी केन्द्रीय कार्यालय बालकुमारी ललितपुरमा बिहान ११ बजेपछि राखिएको छ ।

संघीय परिषद् अध्यक्ष राईले सात सांसद र ३० जना केन्द्रीय सदस्यहरूसहित आइतबार जसपा फुटाएर नयाँ दल दर्ता गरिसकेका छन् । उपप्रधानमन्त्री एवम् स्वास्थ्य मन्त्रीसमेत रहेका यादव राष्ट्रसंघको कार्यक्रममा भाग लिन गएका बेला राईले पार्टी विभाजन गरिदिएपछि उनी तनावमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *