दुर्गा प्रसाईँ नेतृत्वको गतिविधि अहिलेपनि भइरहेको छ तर सुरक्षालाई असर परेको छैन : प्रधान सेनापति

काठमाडौँ । प्रधान सेनापती प्रभुराम शर्माले देशमा ठूलो सुरक्षा चुनौती नरहेको बताएका छन् ।

मंगलवार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै प्रधान सेनापती शर्माले देशमा ठूलो सुरक्षा चुनौती नरहेको बताएका हुन् । संवेदनशील भूराजनीतिक अवस्था, खुला सीमाना, जलवायु परिवर्तन, श्रम आप्रवास, साइबर थ्रेट, एआई प्रविधिबाट सिर्जित सुरक्षाका केही चुनौतीहरू देखापरेपनि समाधान नै गर्न नसक्ने प्रकारका कुनैपनि चुनौती नरहेको उनले स्पष्ट पारे ।

उनले कहिलेकाहीँ धार्मिक, सांस्कृतिक तथा जातीय पहिचानको आधारमा केही घटनाहरू हुने गरेपनि ती समस्याहरूलाई स्थानीय स्तरमै राजनीतिक दलहरूले मिलाउने गरेका बताए । उनले देशको राजनीति तरल अवस्थामा रहने हुँदा नेपाली सेना यसप्रति सधैँ चनाखो भएर बस्ने गरेको बताए । उनले मंगोल नेशनल अर्गनाइजेस र पहिचानवादीहरू बेलाबेलामा आन्दोलित हुने गरेपनि राष्ट्रिय समस्याको रुपमा नरहेको स्पष्ट पारे । त्यस्तै दुर्गा प्रसाईं नेतृत्वको समूहले पनि बेलाबेलामा गतिविधि गरेको भन्दै ती गतिविधिले सुरक्षालाई कुनै असर नपु¥याएको उनको भनाई छ ।

उनले भने ‘दुर्गा प्रसाईँ नेतृत्वको गतिविधि अहिलेपनि भइरहेको छ तर सुरक्षालाई असर परेको छैन । संघ र प्रदेश सरकारको स्थायित्वले नै राष्ट्रिय सुरक्षा स्थितिमा पनि सकारात्मक प्रभाव पर्छ ।’

प्रधान सेनापति शर्माले अफगानिस्तान र पाकिस्तानमा जारी अस्थिर राजनीतिक वातावरणले नेपालको क्षेत्रमा पनि केही न केही असर पारिरहेको बताए । उनले भारत र चीनबिच दक्षिण एसियाली क्षेत्रमा बढिरहेको प्रभाव बिस्तारको प्रतिस्पर्धा र भारतमा बढिरहेको धार्मिक र सांस्कृतिक राष्ट्रवादको भावना आदिले गर्दा क्षेत्रीय शक्ति सन्तुलन र स्थिरतामा प्रभाव पारिरहेको बताए । त्यसको असर अवश्य पनि हाम्रो जस्तो देशलाई पर्दछ । म्यानमारको आन्तरिक द्वन्द्वका कारण नेपालमा रोहिङ्ग्या शरणार्थी आएर बसेका कारण तिनले सामाजिक, आर्थिक र धार्मिक समस्याहरू निम्त्याउन सक्ने सम्भावना रहेको उनको भनाई छ ।

उनले भने ‘विश्व राजनीतिमा चिनको बढ्दो उपस्थिति हुनसक्ने आँकलन हामी गर्छौं । किनकी चिन हाम्रो मित्र राष्ट्र हो । उत्तरपट्टिको एउटा असल छिमेकीको रुपमा रहेको छ । साथै साउथ चाइना सिको सुरक्षाको बारेमा युरोपियन थिएटरमा अवश्य पनि उहाँहरुले आफ्नो समस्याहरू राख्न सक्नुहुन्छ । क्षेत्रीय सुरक्षा वातावरणको कुरा गर्ने हो भने अफगानिस्तान र पाकिस्तानमा जारी अस्थिर राजनीतिक वातावरणले हाम्रो क्षेत्रमा केही न केही असर पारिरहेको छ ।

सुरक्षास्थितलाई नकारात्मक रुपमा अगाडी बढाउनलाई त्यस्ता सम्बन्धहरूले सघाउ पु¥याउँछ । म्यानमारमा जारी गृहयुद्ध, भारत र चिनबिच दक्षिण एसियाली क्षेत्रमा बढिरहेको प्रभाव विस्तारको प्रतिस्पर्धा र भारतमा बढिरहेको धार्मिक र सांस्कृतिक राष्ट्रवादको भावना आदिले गर्दा परिस्थितिहरूले क्षेत्रीय शक्ति सन्तुलन र स्थिरतामा केही न केही प्रभाव पारिरहेको पाइन्छ । त्यसको असर अवश्यपनि हाम्रो जस्तो देशलाई पर्दछ । म्यानमारको आन्तरिक द्वन्द्वका कारण नेपालमा समेत केही संख्यामा शरणार्थीहरू जसलाई हामी रोहिङ्या शरणार्थी आएर बसेका छन् । तिनले सामाजिक, आर्थिक र धार्मिक समस्याहरू निम्त्याउने सम्भावनाहरू देखिन्छ ।

प्रधान सेनापति शर्माले राष्ट्रिय सुरक्षाका लागि छिमेकी देशहरू भारत र चीनलाई कहिल्यै पनि चिढ्याउनु नहुने बताए । यद्यपि उनीहरुले नचाहिँदो कुरा गरेमा त्यसको विरोध गर्नुपर्ने उनको भनाई छ । नेपालमा युरोपियन युनियन र अमेरिकाको पनि चासो रहेको भन्दै उनले सबैलाई सन्तुलन मिलाएर लानुपर्ने बताए । देशको हितको लागि सबैसँग वार्ता गरेर अगाडी बढ्नुपर्नेमा उनको जोड छ ।

उनले भने ‘राष्ट्रिय सुरक्षाको सवाल उठ्दाखेरि हामीले दुईवटा देश आफ्नो छिमेकीहरूलाई कहिल्यैपनि चिढ्याउनु हुँदैन । र उनीहरुले नचाहिँदो कुरा गरेभने विरोध पनि गर्नुपर्छ । नेपालमा युरोपियन युनियन र अमेरिकाको पनि इन्ट्रेस्ट छ । उनीहरूसँग पनि ब्यालेन्स गर्नुपर्छ । चीन, भारत, युरोपियन युनियन र अमेरिकाले जे भन्यो त्यो गर्ने होइन कि हामीले यी छिमेकीलाई चिड्याउनु हुँदैन । यिसित मिलेर सकेसम्म फाइदा लिने हो । वार्ता गरेर, कुरा गरेर देशको हितका लागि फाइदा लिने हो । त्यो रुपमा लागेका छौँ । चाहे अमेरिकनसँग कुरा गर्नुपरोस् । सैन्य सहयोग लिनुपर्यो । अभ्यास गर्नुपर्यो । चीन, भारतसँग गर्नुप¥यो भनेपनि एकले अर्काको चित्त दुखाउने काममा गर्नु हुँदैन । हामी सजग लिएर काम गरेका छौँ । सबैको सहयोग चाहिन्छ हामीलाई । त्यो सन्तुलन गर्ने काममा हामी अति नै संवेदनशील भएर लागेका छौँ ।’

उनले नेपाललाई सबैको सहयोग चाहिने उल्लेख गर्दै सन्तुलन मिलाएर काम गर्न संवेदनशील भएर लागेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *