कांग्रेस गृहमन्त्रीलाई बोल्न दिनुपर्छ भन्ने ठाउँमा आएको छ : रास्वपा (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले नेपाली काँग्रेस संसदमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिने कुरामा सकारात्मक देखिएको बताएका छन् ।

मंगलवार सभामुख देवराज घिमिरेले दलका शिर्ष नेताहरुसँग गरेको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक परियारले यस्तो बताएका हुन् ।

उनले नेपाली काँग्रेस सहज तरिकाले बोल्न दिनुपर्छ भन्ने ठाउँमा पुगेको बताए ।

‘अब संसदमा उपप्रधान तथा गृहमन्त्रीले बोल्ने कुरामा नेपाली काँग्रेसले सहज तरिकाले बोल्न दिनुपर्छ भन्ने ठाउँमा नेपाली काँग्रेस पुगेको छ उनले भने, ‘कुनै व्यक्तिलाई निषेध गर्नु हुँदैन ।’

उनले कुनैपनि हिसावमा समिति बनाउन जरुरी नरहेको पार्टीको निस्कर्ष रहेको पनि बताए । उनले व्यक्ति केन्द्रित भएर समितिको माग गर्नु तर्कसंगत नरहेको जिकिर गरे ।

उनले आगामी संसदको बैठकमा गृहमन्त्रीले उक्ता विषयमा आफ्ना धारणा राख्ने पनि बताए ।

‘समितिको कुरा आज पनि हामीले छलफल गर्दा कुनैपनि हिसावमा समिति बनाउन जरुरी छैन भन्नेमा हामी छाँै’उनले भने,‘सरकारले प्रश्न उठेपछि सम्बोधन गर्नुपर्छ । गृहमन्त्रीज्युले सम्बोधन गर्नुहुनेछ । व्यक्ति केन्द्रित भएर समितिको माग तर्कसंगत छैन भन्नेकुरा काँग्रेसले बुझेको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *