संसदमा बोल्न पाउनुपर्ने माग गर्दै गृहमन्त्रीको सभामुखलाई पत्र

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले संसद बैठकमा बोल्न पाउनुपर्ने माग गर्दै सभामुख देवराज घिमिरेलाई पत्र लेखेका छन् ।

आफूमाथि उठेका प्रश्नका जवाफ दिनका लागि संसदमा बोल्न अनुमति दिन गृहमन्त्रीले सोमबार सभामुख घिमिरेलाई पत्र लेखेका हुन् ।

‘यही २८ गतेबाट चालु हुने अधिवेशनको प्रारम्भिक दिनहरूमा संसदमा उपस्थित भई गत अधिवेशनमा उठेका प्रश्नहरूको जवाफ दिने व्यवस्था मिलाइदिनुहुन मेरो व्यक्तिगत विषयमा उठेका प्रश्नहरूको सम्बन्धमा उजुरी र जाहेरी, अनुसन्धान तथा अभियोजन समेत नभएको भनि महान्यायाधिवक्ता कार्यालयबाट मलाइ जानकारी गराइएको पत्र यसैसाथ संलन्ग गरी सम्माननीयज्यू समक्ष निवेदन गर्दछु,’ पत्रमा लामिछानेले लेखेका छन् ।

लामिछानेले आफूमाथि लागेका आरोपबारे महान्यायाधिवक्ता कार्यालयमा समेत निवेदन दिएका थिए । सहकारी सम्बन्धी कुनै उजुरी परेको, अनुसन्धान भएको वा अभियोग पत्र दायर भएको भए सोही कुरा र सो सम्बन्धमा कुनै संलग्नता नदेखिएको भए जानकारी पाऊँ भनेर उनले महान्यायाधिवक्ताको कार्यालय समक्ष निवेदन दिएका थिए ।

त्यसको जवाफमा महान्यायाधिवक्ता कार्यालयका सहायक न्यायाधिवक्ता अनुकूल बारकोटीले लामिछाने समक्ष पत्र पठाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *