हातहतियार र जंगली जनावरको मासुसहित ४ जना पक्राउ

कपिलवस्तु । विभिन्न हातहतियार र जंगली जनावर मृगको जस्तो देखिने मासु करिब ३० किलोसहित ४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा वाणगंगा नगरपालिका–१ जितपुर बस्ने ७३ वर्षीय धन बहादुर सेन, सोही नगरपालिका–१ बुङची बस्ने असिम खाण, सोही नगरपालिका–२ बस्ने ४१ वर्षीय दुर्गा बहादुर शाही र रूपन्देही बुटवल उपमहानगरपालिका–११ मिलनचोक बस्ने ५४ वर्षीय चित्र
मल्ल रहेका छन् ।

असिम खाणको घरको बरान्डामा जंगली जनावरको मासु काटी भाग लगाउँदै गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको जनावरको मासुसहित पक्राउ गरेको हो ।

उक्त स्थानबाट बा.१३ च ८१८४ नम्बरको कार, लु.५१ प ५२६१ नम्बरको मोटरसाइकल र १६ राउण्ड टोटा समेत प्रहरीले बरामद गरेको छ ।

साथै थप अनुसन्धानको क्रममा धन बहादुर सेनको घर तलासी गर्दा कोठाभित्र लुकाइछिपाई राखेको बाह्र बोर एकनाले बन्दुक २ थान, बाह्र बोर दुई नाले बन्दुक १ थान, दुबै बन्दुकमा लाग्ने टोटा २० थान, २२ हर्नेट लेखेको गोली ३ थान, म्याग्नममा लाग्ने गोली थान ३
समेत प्रहरीले बरामद गरेको छ ।

यस सम्बन्धामा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *