मेलमिलाप आयोगमा ६३ हजारभन्दा बढि उजुरी, २,२६८ उजुरी तामेलीमा

काठमाडौँ । सत्य निरूपण तथा मेलमिलाप आयोगमा ६३ हजार ७१८ वटा उजुरी परेका छन् ।

बिहीबार सिंहदरबारमा बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा आयोगका सचिव उदयराज सापकोटाले यसबारेमा जानकारी गराएका हुन् ।

उनकाअनुसार एउटै घटनाको उजुरीहरू धेरै छन् । एउटा घटनाको एक हजार, १० हजार, १५ हजार पनि उजुरीहरू पनि हुनसक्ने बताए । उनले उजुरी भन्दा पनि घटनाका विषयहरूलाई हेरेर जानुपर्नेमा जोड दिए । उनले जिल्लाको तहमा हेर्दा सल्यानमा ५ हजार ५०२ वटा उजुरी परेको बताए ।

उनले अछाम र कपिलवस्तुमा ४ हजार भन्दा बढी उजुरी परेको र ३ हजार भन्दा माथि उजुरी भएको जिल्ला एउटा र दुई हजार भन्दा माथि उजुरी भएका एउटा जिल्ला रहेको बताए । उनले एक हजार माथि उजुरी भएका जिल्ला १३ वटा रहेको बताए ।

उनले सामान्य प्रकृतिका उजुरीहरू बढी रहेको पनि बताए । उनले अहिले २ हजार २६८ उजुरीहरू तामेलीमा राखेको र केही उजुरी पुनः जगाउन पाउँ भनेर निवेदन आएको अवस्था रहेको बताए ।

उनले भने ‘सार्वजनिक सुनुवाइ र मेलमिलाप सबैभन्दा ठूलो कुरा हो । मेलमिलाप हुनसक्ने खालका घटनाहरू मेलमिलापकै रुपमा जानुपर्छ । किनभने दुवै पक्ष अहिले मेलमिलाप भएर जिल्लामा, गाउँमा बसिसकेको छ, त्यसलाई हामीले त्यो भन्दा बढी कसरी सुदृढ गरेर लैजानुपर्छ भन्ने छ । उजुरी संकलनको विधि हामीसँग ६३ हजार ७१८ वटा छन् । एउटै घटनाको उजुरी पनि थुप्रै छन् । व्यक्तिको एउटा एउटा पर्सन भएकाले उजुरीको संख्या बढी हुन्छ । एउटा घटनाको एक हजार, १० हजार, १५ हजार पनि उजुरी हुनसक्छ । उजुरी भन्दा पनि घटनाका विषयहरूलाई हामीले हेरेर जानुपर्छ ।

जिल्लावाइजको उजुरीमा जाँदा ५ हजार भन्दा बढी एउटै जिल्लामा पनि उजुरी भएको अवस्था छ, सल्यानमा ५ हजार भन्दा बढी उजुरी रहेका छन् । ५ हजार ५०२ वटा उजुरी छन् । अछाम र कपिलवस्तुमा ४ हजार भन्दा बढी उजुरी छन् । ३ हजार भन्दा माथि उजुरी भएको जिल्ला एउटा र दुई हजार भन्दा माथि उजुरी भएका एउटा छ । एक हजार माथि १३ वटा छन् । एक हजार भन्दा मुनिका अरु उजुरीहरू छन् । सामान्य प्रकृतिका उजुरीहरू धेरै भएका छन् । हामीले अहिले २ हजार २६८ उजुरीहरू तामेलीमा राखेका छाँै । केही तामेलीबाट पुनः जगाउन पाउँ भनेर निवेदन आएको छ । परिचय पत्र वितरण ६१८ वटा गरेका थियौँ ।’

उनले घटना किन भयो र त्यो घटना हुनुको पछिको तात्पर्य के हो भनेर हेर्न उजुरीहरूको निरूपण हुन जरुरी रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *