गुल्मी समृद्धिको प्रचुर सम्भावना बोकेको महत्वपूर्ण क्षेत्र हो : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्यसहित अघि बढिरहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा जाउँ हिँड रेसुङ्ग अभियानको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले समृद्धिले नै विकासका बहुआयामिक सम्भावनाहरूको नेतृत्व गर्ने बताए ।

सानो लगानीमा राम्रो प्रतिफल हाँसिल गर्ने क्षेत्र पर्यटन भएको पनि बताए । उनले पर्यटन क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राखेको पनि बताए । उनले गुल्मी जिल्ला र रेसुंगा क्षेत्र समृद्धिको प्रचुर सम्भावना बोकेको क्षेत्र भएको पनि बताए । उनले पर्यटन क्षेत्रको विकासमा तीन तहकै सरकारको भूमिकालाई थप प्रभावकारी बनाउन आवश्यक रहेको बताए । निजी, गैरसकारी तथा सामुदायिक क्षेत्रसँगको सहकार्यमा अझै पर्यटन क्षेत्रलाई अझै बिस्तार गर्न आवश्यक रहेको बताए ।

उनले भने ‘वर्तमान सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्यसहित अघि बढिरेको कुरा अवगत नै छ । त्यसमध्ये समृद्धि नै त्यस्तो क्षेत्र हो, जसले विकासका बहुआयामिक सम्भावनाहरूको नेतृत्व गर्दछ । गुल्मी जिल्ला र रेसुंगा क्षेत्र समृद्धिको प्रचुर सम्भावना बोकेको अत्यन्तै महत्वपूर्ण क्षेत्र हो । त्यसमध्ये सानो लगानी र राम्रो प्रतिफल हाँसिल गर्ने क्षेत्र पर्यटनको विकास नै हो । तसर्थ सरकारले उच्च प्राथमिकतामा राखेको समृद्धिको विषयमा केन्द्रित रहेर महत्वपूर्ण कार्यक्रम आयोजना गर्नुभएकोमा यहाँहरूलाई धन्यवाद ज्ञापन गर्दछु ।’

प्रधानमन्त्री दाहालले रेसुंगा धार्मिक, ऐतिहासिक, पौराणिक, सांस्कृतिक र पर्यटकीय सम्पदा भएको बताए । रेसुंगा क्षेत्र धार्मिक तथा प्राकृतिक पर्यटनका लागि ठूलो सम्भावना बोकेको क्षेत्र भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *