जित्नै पर्ने दबाबमा रहेको नेपालले हार्‍यो टस, पायो पहिला बलिङको निम्तो

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि २० सिरिजको चौथो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

विश्वकप जाने १५ सदस्सिय टोली सार्वजनिक भएपछि आज नेपाल पहिलो पटक खेल्दैछ । यस सिरिजमा नेपालले २० जना खेलाडी प्रयोग गर्दै आएको थियो । नेपालले हिजोको खेलमा हार बेहोरेको टोलीबाट ८ परिवर्तन गरेको छ ।

नेपाली टोली : आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी गुलशन झा, प्रतिश जिसी, सोमपाल कामी, अभिनाश बोहोरा र ललित राजवंशी

सिरिजको तीन खेलको समाप्तीमा वेस्ट इन्डिज ‘ए’ ले २-१ को अग्रता बनाएको छ । त्यसैले सिरिजमा कायम रहन आजको खेलमा नेपाललाई जित्नै पर्ने दबाब रहेको छ ।

टियू मैदान कीर्तिपुरमा १२:१५ मा सुरू हुने खेलमा वेस्ट इन्डिज भने एक खेल अगावै सिरिज कब्जाको लक्ष्यमा रहेको छ । सिरिजको पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएपनि त्यसपछि लगातार दुई खेलमा पराजित भयो । दोस्रो खेल १० रनले गुमाएको नेपाल तेस्रो खेलमा ७६ रनले पराजित भयो ।

नेपालले बुधबार अर्को महिना वेष्ट इण्डिज र अमेरिकामा सुरू हुने आईसीसी टी-२० विश्वकप खेल्ने अन्तिम १५ सदस्य टोली घोषणा गरेको छ । त्यसैले नेपालले आज आफ्नो विश्वकप टोलीलाई नै प्राथमिक्तामा राखेर प्रतिस्पर्धा गराउने पक्का छ ।

यसअघि तीन खेलमा विश्वकप खेल्ने अन्तिम १५ सदस्य टोली टुंगो लगाउन नेपालले टोलीमा समावेश सबै खेलाडीलाई मौका दिएको थियो । विश्वकपमा नेपालले दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससँग खेल्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *