वेस्ट इन्डिजविरुद्धको सिरिज

दोस्रो खेलमा पराजय भोगेको नेपाल आज जित निकाल्ने दाउमा

काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको तेस्रो खेल आज हुँदैछ । ५ खेलको टी-२० सिरिजको तेस्रो खेल आज टियु क्रिकेट मैदानमा नेपाली समय अनुसार मध्यान्न सवा १२ बजेदेखि सुरु हुने भएको हो ।

यस सिरिजमा नेपाल र वेस्ट इन्डिज ए ले एक एक खेल जितेका छन् र सिरिज १-१ को बराबरीमा रहेको छ । सिरिजको पहिलो खेलमा नेपालले ४ विकेटको जित हासिल गरेको थियो भने दोस्रो खेलमा वेस्ट इन्डिज ए ले १० रनको जित हासिल गरेको थियो ।

यस सिरिजका लागि नेपालले २० सदस्यीय टिम छानेको छ । टी-२० विश्वकपको टिम छनौट गर्न यस सिरिजलाई नेपालले अभ्यास खेलको रूपमा लिएको छ । नेपालले टी- २० विश्वकपको टिम सम्भवतः आजै सार्वजनिक गर्दै छ । आज टी-२० विश्वकपको टिम सार्वजनिक गर्न आइसीसीले दिएको डेडलाइनको अन्तिम दिन हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *