खेलकुद बोर्डमा पुनर्बहाली भए पर्शुराम बस्नेत

विराटनगर । कोशी प्रदेश खेलकुद बोर्डको सदस्य सचिवबाट पदमुक्त भएका नेकपा एमालेका नेता पर्शुराम बस्नेत पुनः खेलकुद बोर्डका सदस्य सचिवमा पुनर्बहाली भएका छन् ।

सोमबार उच्च अदालत विराटनगरले उनलाई बर्खास्त गर्ने तत्कालीन मन्त्रिपरिषद्को निर्णय बदर गरिदिएपछि उनी दुई वर्षपछि पुनः खेलकुद बोर्डको सदस्य सचिवमा पुनर्बहाली भएका हुन् ।

२४ असोज २०७८ मा खेलकुद बोर्डको सदस्य सचिव नियुक्त गरेका बस्नेतलाई तत्कालीन मुख्यमन्त्री भीम आचार्यले पदमुक्त गरेका थिए । राजेन्द्र राई नेतृत्वको मन्त्रिपरिषद्ले २१ चैत २०७८ मा उनलाई पदमुक्त गरेको थियो ।

त्यसपछि बस्नेतले पदमुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध उच्च अदालत विराटनगरमा रिट दिएका थिए ।

उच्च अदालतका रजिस्ट्रार जगदिशप्रसाद भट्टका अनुसार दुई वर्षपछि उच्च अदालतका न्यायाधीश ममता खनाल र केशवप्रसाद बास्तोलाको इजलासले सुनुवाइ गर्दै बस्नेत पुनर्बहाली हुने फैसला गरेको हो ।

उक्त फैसला अनुसार बस्नेत २४ असोज २०७८ मा चार वर्षका लागि खेलकुद बोर्डको सदस्य सचिव नियुक्त भएकाले बाँकी अवधि उनले काम गर्न पाउने बस्नेतका कानुन व्यवसायी रमेश कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *