इलाममा सुहाङको अग्रता कायमै, कांग्रेस साढे ५ हजार मतले पछि

काठमाडौं । इलाम–२ को उपनिर्वाचनमा नेकपा एमालेले अग्रता कायमै राखेका छन् ।

एमाले उम्मेदवार सुहाङ नेम्वाङले कांग्रेस उम्मेदवार डम्बर खड्काभन्दा ५ हजार ५८५ मतले अघि छन् ।

पछिल्लो मत परिणामअनुसार सुहाङले १५ हजार ६५३ मत ल्याएका छन् भने डम्बरले १० हजार ६८ मत ल्याएका छन् ।

त्यस्तै स्वतन्त्र उम्मेदवार डेकेन्द्र सिंह लिम्बुले ८ हजार ६८९ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले २ हजार ५८५ मत ल्याएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *