बझाङमा रोचक बन्दै नतिजा, कसको मत कति ?

काठमाडौं । ६ पालिका रहेको बझाङ प्रदेशसभा-१ को उपनिर्वाचनमा पुनः एमाले अगाडि लागेको छ । सोमबार बिहानदेखि कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहले बनाएको अग्रता केही बेरअघि एमाले उम्मेदवार दमनबहादुर भण्डारीले तोडेका हुन् ।

पछिल्लो नतिजाअनुसार उनी ९ मतले अगाडि रहेका छन् । भण्डारीले १० हजार ३ सय ६३ मत ल्याउँदा सिंहले १० हजार ३ सय ५४ मत प्राप्त गरेका छन् ।

माओवादीका जनक बुढाले ३ हजार ६ सय ६३ मत र एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ४ सय ५ मत ल्याएका छन् । निर्वाचन आयोगका अनुसार अहिलेसम्म २६ हजार २ सय १८ मत गनिसकिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी प्रकाशबहादुर सिंहका अनुसार सोमबार दिउँसोसम्म अन्तिम मत परिणाम सार्वजनिक हुन सक्ने अनुमान छ । शनिबार भएको मतदानमा ३० हजार ३ सय २८ मत खसेको छ । यहाँ ११ दलका उम्मेदवार थिए ।

२०७९ को निर्वाचनमा कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो । कांग्रेस उम्मेदवार सिंह उनकै छोरा हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *