बझाङ उपनिर्वाचन : ४ वडाको मत गनी सक्दा एमालेको अग्रता दोब्बर

काठमाडौँ । बझाङमा प्रदेश सभा क्षेत्र नम्बर १ को (१) मा एमालेका उम्मेदवार दमन भण्डारीले अग्रता कायम राखेका छन् ।

छविसपाथिभेरा गाउँपालिकाको १, २, ३ र ४ वडामा मतगणना गर्दा एमालेका दमन भण्डारीले दोब्बर मतान्तरले अग्रता लिएका हुन् ।

उनले १३०३ मत ल्याउँदा कांग्रेसका अभिषेकबहादुर सिंहले ६५६ मत पाएका छन् ।

माओवादीका जनक बुढाले ४०१ मत पाउँदा नेकपा एकीकृत समाजवादीका दिल बहादुर सिंहले भने ३६९ मत पाएका छन् ।

बझाङमा भएको उपनिर्वाचनमा ३० हजार ३ सय २८ जनाले मतदान गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *