कुशल भुर्तेलले दिलाए नेपाललाई चौथो सफलता, दबाबमा वेस्ट इन्डिज

नेपालले वेस्ट इन्डिज ए को चौथो विकेट लिएको छ। कुशल भुर्तेलले नेपाललाई तेस्रो र चौथो विकेट दिलाएका हुन्। वेस्ट इन्डिजका केसी कार्टी १६ बलमा १० रन बनाउँदै कप्तान रोहित पौडेलको हातबाट क्याच आउट भएका हुन्।

वेस्ट इन्डिज ए का कप्तान रोस्टन चेसलाई भुर्तेलले नै बोल्ड आउट गरेका थिए। कप्तान चेसले २२ बलमा २३ रन बनाएका थिए। सुरुमै दुवै ओपनरलाई गुमाएपछि वेस्ट इन्डिजले रन बटुल्न संघर्ष गर्नु परेको छ।

यसअघि नेपालका लागि दुवै विकेट सागर ढकालले लिएका थिए। तेस्रो ओभरको दोस्रो र पाँचौ बलमा उनले विकेट लिएका हुन्। जोनसन चार्लेसलाई ११ रन बनाउँदा बोल्ड गरेका ढकालले २ बलपछि एलिक एथेनाजेलाई ६ रन बनाउँदा कुशल मल्लको हातबाट क्याचआउट गराए।

वेस्ट इन्डिजले १४ ओभरको खेल सकिँदा ८३ रन बनाएको छ। पूरै ४ ओभर बलिङ गरेका कुशल भुर्तेलले २ विकेट लिँदा २२ रन खर्चिए भने समान ओभर र विकेट लिँदा सागर ढकालले १९ रन मात्रै खर्चिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *