वेस्ट इन्डिजको तेस्रो विकेट लिए भुर्तेलले, १० ओभरमा बनायाे ६४ रन
२०८१ वैशाख १६ गते

नेपालविरुद्ध पहिले ब्याटिङ गरिरहेको वेस्ट इन्डिजले तेस्रो विकेट गुमाएको छ। कुशल भुर्तेलले नेपाललाई तेस्रो सफलता दिलाएका हुन्। १० ओभरको खेल सकिँदा वेस्ट इन्डिज ए ले ३ विकेटको क्षेतिमा ६४ रन बनाएको छ।
वेस्ट इन्डिज ए का कप्तान रोस्टन चेसलाईउ भुर्तेललाई बोल्ड आउट गरेका हुन्। कप्तान चेसले २२ बलमा २३ रन बनाएका थिए। सुरुमै दुवै ओपनरलाई गुमाएपछि वेस्ट इन्डिजले रन बटुल्न संघर्ष गर्नु परेको छ।
यसअघि नेपालका लागि दुवै विकेट सागर ढकालले लिएका थिए। तेस्रो ओभरको दोस्रो र पाँचौ बलमा उनले विकेट लिएका हुन्।
जोनसन चार्लेसलाई ११ रन बनाउँदा बोल्ड गरेका ढकालले २ बलपछि एलिक एथेनाजेलाई ६ रन बनाउँदा कुशल मल्लको हातबाट क्याचआउट गराए।
२०८१ वैशाख १६ गते
प्रतिक्रिया
सम्बन्धित








