सागर ढकालले लिए एकै ओभरमा वेस्ट इन्डिजको दुई विकेट

टस जितेर पहिले ब्याटिङ गरिरहेको वेस्ट इन्डिजले दुई विकेट गुमाएको छ। नेपालका लागि दुवै विकेट सागर ढकालले लिएका हुन्। तेस्रो ओभर दोस्रो र पाँचौ बलमा उनले विकेट लिएका हुन्।

जोनसन चार्लेसलाई ११ रन बनाउँदा बोल्ड गरेका ढकालले २ बलपछि एलिक एथेनाजेलाई ६ रन बनाउँदा कुशल मल्लको हातबाट क्याचआउट गराए।

वेस्ट इन्डिज ए ३ ओभरको खेल सकिँदा २ विकेटको क्षतिमा १८ रन बनाएको छ। यसअघि शनिबार नेपालले वेस्ट इन्डिज ए लाई चार विकेटले पराजित गरेको थियो। नेपाल र वेस्ट इन्डिज ५ टि २० श्रृंखला खेल्दैछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *