बझाङमा मतगणना गर्न सर्वदलीय बैठक सुरु

काठमाडौं । उपनिर्वाचनअन्तर्गत बझाङ-१ ‘क’ मा मतगणना गर्न सर्वदलीय बैठक सुरु भएको छ । शनिबार भएको उपनिर्वाचनको सबै मतपेटिका बझाङ सदमुकाम ल्याइएपछि मतगणनाको तयारी गरिएको हो ।

सर्वदलीय बैठकपछि मतगणना सुरु गरिने बझाङका प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलले जानकारी दिए । शनिबार भएको मतदानमा बझाङमा ५० प्रतिशत मत खसेको थियो ।

बझाङमा एमालेबाट दमनबहादुर भण्डारी, नेपाली कांग्रेसबाट अभिषेकबहादुर सिंह, नेकपा (माओवादी केन्द्र)बाट जनकबहादुर बुढा, एकीकृत समाजवादीबाट दिलबहादुर सिंहसहित ११ उमेदवार छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *