मतगणनास्थलमा तारजाली र सीसीटीभी

काठमाडौं – इलामको मतगणना स्थलमा तारजाली लगाइएको छ । इलाम क्षेत्र नम्बर २ मा शनिबार प्रतिनिधि सभा उपनिर्वाचन भएको थियो ।

मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम ल्याइसकिएको छ । इलाम नगरपालिका वडा नम्बर ७ मा रहेको गौतमबुद्ध सभागृहमा मतगणना गर्ने तयारी छ । मतगणनाका लागि तारजाली र सीसीटीभी क्यामेरा जडान गरिएको छ ।

सुरक्षित हिसाबले मतगणना गर्न विगतका निर्वाचनका बेला पनि मतगणना स्थलमा तारजाली लगाउने गरिएको थियो । इलाम-२ को मतगणना अब केहीबेरमा सुरू गर्ने तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *