इलामसर्वदलीय बैठक जारी, केहीबेरमा मतगणना हुँदै

काठमाडौं । प्रतिनिधि सभा उपचुनावअन्तर्गत् इलाम-२ को मतगणनाका लागि सर्वदलीय बैठक सुरू भएको छ । राजनीतिक दलका उम्मेद्वार र प्रतिनिधिहरू, स्वतन्त्र उम्मेद्वार र प्रतिनिधिहरूसहितको बैठक सुरू भएको हो ।

शनिबार भएको चुनावमा मतमेटिका ल्याउन ढिलाइ भएपछि अहिले बिहानबाट मतगणना हुन लागेको छ । बैठकपश्चात् मतगणना सुरू हुने मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरे जानकारी दिए । इलाम नगरपालिका-२ स्थित गौतबुद्ध सम्मेलन केन्द्र (सिटी हल)मा मतगणना सुरु गरिएको हो ।

यसैगरी बझाङमा पनि आजदेखि मतगणना सुरु गर्ने तयारी छ । प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलका अनुसार साइपाल गाउँपालिकाका साइपाल, एराङकुरी र दुलीका मतपेटिका आउन बाँकी छ । ती मतपेटिका हेलिकप्टरमार्फत् आज बिहान ८ बजेभित्र ल्याइपुर्‍याएपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु हुने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *