पाल्पामा टिपरले हान्दा बाइक चालकको घटनास्थलमै मृत्यु

काठमाडौं । पाल्पामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । रैनादेवी छहरा गाउँपालिका–६ जुठापौवाका ४६ वर्षीय जगबहादुर बलालको मृत्यु भएको हो ।

शनिबार बेलुका सिद्धार्थ राजमार्गको दोभानदेखि तिनाउ गाउँपालिका-१, कचलको सर्वोत्तम चुनढुंगा खानीतर्फ जाँदै गरको लु २ ख ८७४ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको लु १७ प १५२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक बलालको घटनास्थलमै मृत्यु दोभान प्रहरी चौकीले जानकारी दिएको छ ।

मोटरसाइकल ओरालोमा पल्टिएको र विपरीत दिशाबाट गएको टिपरले चालकलाई ठक्कर दिएको हुनसक्ने प्रहरीले जनाएको छ । टिपर चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *