वेस्ट इन्डिज ‘ए’सँग दोस्रो खेल खेल्दै नेपाल

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो खेल आइतबार हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको पहिलो खेलमा चार विकेटको शानदार जित निकालेको नेपाल आइतबार उच्च मनोबलका साथ मैदानमा हुनेछ ।

खेल दिउँसो १ बजे सुरु हुनेछ। वेस्ट इन्डिसँगको पाँच खेलको टी-२० सिरिज अन्तर्गत आइतबार नेपालले दोस्रो खेल खेल्न लागेको हो ।

कीर्तिपुरमा नेपालले वेस्ट इन्डिजसँग पाँच खेलको सिरिज अन्तर्गत तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र पाँचौँ खेल शनिबार खेल्नेछ । यो सिरिजलाई आगामी टी-२० विश्वकपको तयारीको रुपमा हेरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *