टी-२० सिरिज

कप्तान रोहित पौडेलको शतकमा नेपालको रोमाञ्चक जित

काठमाडौँ । कप्तान रोहित पौडेलको शतकमा नेपालले पहिलो टी२० खेलमा वेस्टइन्डिज ‘ए’ लाई ४ विकेटले हराएको छ ।

शनिबार भएको खेलमा नेपालले वेष्टइण्डज ‘ए’ लाई ४ विकेटले हराएको हो ।

वेष्टइण्डिज ‘ए’ ले दिएको २ सय ५ रनको लक्ष्य नेपालले २ बल अगावै ६ विकेटको क्षतिमा भेट्टायो ।

नेपालका लागि कप्तान रोहित पौडेलले १ सय १२ रन जोडे । पौडेलले ५४ बलमा १० चौका र ६ चक्का प्रहार गरेका थिए ।

त्यस्तै,नेपालले तेस्रो ओभरमा ओपनर अनिल शाहलाई गुमाएको थियो । उनी ९ बलमा ५ रन जोड्दै म्याथ्यु फर्डको बलमा टप एज लाग्दै क्याच आउट भएका थिए । त्यस लगत्तै पाँचौ ओभरमा कुशल १२ बलमा १६ रन जोड्दै विकेटकिपरको हातबाट समातिएका थिए ।

दीपेन्द्र १८ बलमा २ चौका र १ छक्कासहित २४ रन जोड्दै मिडअफमा क्याच आउट भएका थिए ।

विवेक यादव १८ औं ओभरमा ओबेड मकोएबाट बोल्ड भए । उनले ६ बलमा ७ रन मात्र जोडेका थिए ।

यसअघि वेस्टइन्डिज ‘ए’ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ४ रनको योगफल तयार पारेको थियो ।

वेस्टइन्डिज ‘ए’ का लागि कप्तान रोस्टन चेसले ४६ बलमा ७४ रन बनाएका थिए । भने, ओपनर एलिक एथनेजले २५ बलमा ४७ रन बनाए ।

त्यस्तै, किची कार्टीले २६ बलमा ३८ रन जोडे । आन्द्रे फ्लेचरले १३ रनको योगदान गर्दा कादिम एलेन १४ रन बनाएर नट आउट रहे ।

साथै, बलिङतर्फ नेपालका लागि कप्तान रोहित पौडेल, कमल ऐरि, अविनास बोहोरा र दिपेन्द्र सिंह ऐरिले समान एक विकेट लिए ।

नेपालको टोली :

कुशल भुर्तेल, अनिल कुमार शाह, रोहित कुमार पौडेल, गुलशन झा, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, विवेक यादव, प्रतिश जिसी, कमल सिंह ऐरी, ललित नारायण राजवंशी र अभिनाश बोहोरा

वेस्ट इन्डिज ए :

जोन्सन चार्ल्स, अलिक अथान्जे, आन्द्रे फ्लेचर, रोस्टन चेज, केसी कार्टि, किमो पल, कडीम एलेन, म्याथ्यु फोर्ड, गुडाकेश मोती, ओबेद मकोए, ओशेन थोमस

आजको जितसँगै नेपालले पाँच खेलको सिरिजमा १–० ले अग्रता बनाएको छ । सिरिजको दोस्रो खेल भोलि त्रिवि मैदानमा हुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *