खेल मैदानलाई थप व्यवस्थित बनाउन प्रतिबद्धता व्यक्त गर्छु : देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले खेल क्षेत्रको विकासका लागि स्थानीय पालिकाहरूमा सुविधासम्पन्न खेल मैदान हुन आवश्यक रहेको बताएका छन् ।

शनिवार ललितपुरको गोदावरी नगरपालिकाको ८ औं स्थापना दिवसको अवसरमा आयोजित गोदावरी मेयर कपको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले खेल मैदानको संरक्षण गर्न आवश्यक रहेको पनि बताए ।

उनले पालिकाहरूले खेल मैदान बनाएर खेल क्षेत्रको विकासमा लाग्नुपर्ने बताए । उनले खेलको विकासका लागि प्रदेश र संघ सरकारको सहयोग पनि अपरिहार्य रहेको बताए । उनले व्यक्तिलाई अनुशासित र स्वस्थ बनाउन खेलकुदको भुमिका महत्वपूर्ण हुने बताए ।

उनले भने ‘खेल क्षेत्रको विकासका लागि स्थानीय पालिकाहरूमा सुविधासम्पन्न खेल मैदान हुन आवश्यक छ । गोदावरी नगरपालिकाले यसको प्रयास गरेकोमा मलाई खुसी लागेको छ । खेल मैदानको संरक्षण गर्न आवश्यक छ । पालिकाहरूले खेल मैदान बनाएर खेल क्षेत्रको विकासमा लाग्नुपर्छ । खेलको विकासका लागि प्रदेश र संघ सरकारको सहयोग पनि अपरिहार्य छ । खेल मैदानलाई थप व्यवस्थित बनाउन व्यक्तिगत रूपमा पनि प्रतिबद्धता व्यक्त गर्दछु । व्यक्तिलाई अनुशासित र स्वस्थ बनाउन खेलकुदको भुमिका महत्वपूर्ण हुन्छ । अनुशासित र स्वस्थ समाजको लागि खेलको महत्वपूर्ण भुमिका हुन्छ । समुन्नत नेपाल हाम्रो सपना हो । यो सपना पूरा गराउन हामी सबै क्रियाशील हुनुपर्छ ।’

सभापति देउवाले समुन्नत नेपाल सबैको सपना भएको र समुन्नत नेपालको सपना पूरा गर्न सबै क्रियाशील हुन जरुरी रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *