सिटिजन लाइफले ल्यायो भिडियो KYC सुविधा

काठमाडौँ । नयाँ साल २०८१ लाई लक्षित गरी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले इन्स्योरेन्स कम्पनीहरूमै पहिलो पटक वैशाख ९ गतेबाट लागु हुने गरी भिडियो मार्फत KYC लिने प्रक्रिया जारी गरेको छ ।

विदेशमा बसोबास गर्ने व्यक्तिहरूको बीमा गर्दाe Application Declaration Form सहित आवश्यक सबै विवरणहरू अभिकर्ता पोर्टल मार्फत प्राप्त हुन्छ । KYC सम्बन्धी व्यवस्थालाई थप प्रभावकारी बनाउन कम्पनीले कम्पनीले  Video KYC को अवधारणा ल्याएको छ ।

प्रस्तावित बीमितले सम्पूर्ण आवश्यक विवरणहरू अभिकर्ता पोर्टल (Agent Portal) मार्फत पेस गरे पश्चात् e-Applicaton Declaration Form मा आवश्यक विवरणहरू भरी scan गरी अनलाइन मार्फत रजिष्टर्ड भएको प्रस्तावमा अपलोड गर्नुपर्ने कम्पनीले जनाएको छ । प्रस्तावित बीमितले कम्पनीद्वारा निर्धारण गरिएको विषयमा आफ्नो KYC सम्बन्धी भिडियो बनाएर सिटिजन लाइफमा उक्त पठाउनु पर्नेछ ।

यस Video KYC  को सुविधाले बीमा अभिकर्ताहरूलाई व्यवसाय गर्न थप सहज हुने अपेक्षा गरेको कम्पनीले जनाएको छ । यस सुविधा बारे विस्तृत जानकारी, कम्पनीको वेबसाइटमा उपलब्ध छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *